चितवन उद्योग वाणिज्य संघको पूर्व कार्ययोजना गोष्ठी सम्पन्न

चितवन उद्योग वाणिज्य संघको पूर्व कार्ययोजना गोष्ठी सम्पन्न

१२ माघ, भरतपुर चितवन उद्योग वाणिज्य संघले आज पूर्वकार्य योजना गोष्ठी सम्पन्न भएको हो । संघले प्रत्येक २ वर्षको अन्तरालमा हुने नेतृत्व परिवर्तन पश्चात २ वर्षे कार्यकालको लागि योजना तर्जुमा गर्ने सम्बन्धमा वस्तुगत संघहरुसँग पूर्व कार्ययोजना तर्जूमा गोष्ठीको आयोजना गरेको हो । संघमा आवद्ध रहेका ३९ वस्तुगत संघहरुको सहभागितामा योजना तर्जुमा गोष्ठीका गरेको हो । गोष्ठीलाई सम्बोधन गर्दैै संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले वस्तुगत संघबाट प्राप्त सुझावहरुलाई मध्येनजर राख्दै संघले आगामी २ वर्षको लागि तयार गर्नेै योजनामा राखिने बताउनु भयो । उहाँले वस्तुगत संघहरुले आफ्ना सदस्यहरुको माग र आवश्यकतालाई मध्येनजर राख्दै कार्यक्रम चयन गर्न अनुरोध गर्दैै कार्यक्रमहरु संघको गुणस्तर नीति सँग मेल खाने हुनुपर्ने बताउँदै प्राप्त सुझावहरुलाई लिपिबद्ध गरि योजनामा राखिने बताउनुभयो । गोष्ठीमा आफ्नो मन्तब्य राख्दै संघका उपाध्यक्ष एवम वस्तुगत संघ समन्वय समितिका संयोजक राजन पियाले यस वर्षको संघको कार्ययोजनामा प्राथमिकताको आधारमा सबै वस्तुगत संघका कार्यक्रमलाई समेटिने बताउनु भयो । संघमा आवद्ध ३९ वटा वस्तुगत सघबाट सहभागी रहेको उक्त कार्यक्रममा संघका पूर्व अध्यक्ष चुननारायण श्रेष्ठ र कार्यकारी निर्देशक निलबहादुर केसीले सहजीकरण गर्नु भएको थियो । सोही कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले योजना छनौट गर्दा आयोजना गर्न सकिने मात्र कार्यक्रमलाई छनौट गर्नुपर्ने बताउँदै वस्तुगत संघले कार्यक्रम छनौट गर्दा आफुले गर्न नसक्ने तर उद्योग वाणिज्य संघ मार्फत गर्न मिल्ने कार्यक्रम मात्र छनौट गर्न अनुरोध गर्नुहूंदै कार्यक्रमको सफलताको कामना गर्नुभयो । कार्यक्रम भरपुरमहानगरपालिका वडा नं २९ स्थित अशोका रिसोर्टमा सम्पन्न भएको हो । कार्यक्रममा संघका पदाधिकारी, वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।