Articles

समापन समारोह

पौष २५ गतेबाट शुरु भई १० दिन सम्म सफलताका साथ सञ्चालन भईरहेको चितवन महोत्सव–२०७३ को समापन माघ ५ गते, वुधवार गरिएको थियो । महोत्सवको समापन नेपाल सरकारका माननीय उद्योग मन्त्री नविन्द्रराज जोशीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । समापन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि माननीय उद्योग मन्त्री जोशीले मुलुकको आर्थिक समृद्धिको लागि उद्योग धन्दा खोल्नु आवश्यक रहेको र त्यसको लागि उपयुक्त वातावरण निर्माण गर्न सरकार लागिपरेको बताउनुभएको थियो । मन्त्री जोशीले लगानीकर्ताहरुलाई निर्धक्कसंग उद्योग खोल्न आग्रह गर्दै लगानी संरक्षणको प्रत्याभुति सरकारले दिने बताउनुभएको थियो । उद्योगी व्यवसायीहरुलाई उद्योग व्यवसाय सञ्चालन गरेर उपयुक्त नाफा लिन, सरकारलाई नियमानुसारको कर तिर्न र उपभोक्ताहरुलाई गुणस्तरीय र सुपथ मूल्यमा वस्तु तथा सेवा उपलव्ध गराउन आग्रह गर्दै मन्त्री जोशीले विगतमा बन्द भएका उद्योगहरु सञ्चालन गर्न तर्पm सरकार लागिपरेको समेत बताउनुभएको थियो । लगानी गर्छु, राज्यलाई कर तिर्छु, आयात प्रतिस्थापित गर्दै रोजगारी सिर्जना गर्छु भन्नेलाई राज्यले सम्मान गर्ने धारणा समेत उहा“ले व्यक्त गर्नुभएको थियो ।

चितवन महोत्सव–२०७३ का मूल संयोजक एवम् उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजन गौतमको सभापतित्वमा सम्पन्न भएको सो समापन समारोहमा उहा“ले सबैको सामुहिक प्रयासबाट महोत्सव सफल भएको र समग्र जिल्लाको आर्थिक तथा सामाजिक विकासमा यसले योगदान दिने भन्दै महोत्सव सफल पार्न सहयोग पु¥याउनुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । समारोहमा आयोजक संस्थाका प्रमुखहरुले र राजनीतिक दलका प्रमुखहरुले समेत महोत्सवको सकारात्मक उपलव्धीका बारेमा आ–आनो धारणा व्यक्त गर्नुभएको थियो । महोत्सव व्यवस्थापन अधिकृत एवम् उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक रसिक प्रधानले सञ्चालन गर्नुभएको सो कार्यक्रमको अन्त्यमा महोत्सवका सदस्य–सचिव एवम् संघका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 
 

chamber Guest houe copy