Articles

उत्कृष्ट व्यवसायीक कृषकहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण

२०७३ माघ ४ गते, मंगलवार महोत्सवको अवसर पारी एक कार्यक्रमका वीच उत्कृष्ट व्यवसायीक कृषकहरुलाई पुरस्कार तथा प्रमाण–पत्र वितरण गरिएको थियो । फलपूmल, तरकारी, अन्न बाली र व्यवसायीक पशुपालन गर्ने कृषकहरु वीच फार्म स्तरीय प्रतिष्पर्धा गराई पुरस्कृत गरिएको थियो । चितवन महोत्सव–२०७३ को मूल संयोजक एवम् उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजन गौतमको सभापतित्वमा र चितवनका तत्कालिन् स्थानिय विकास अधिकारी श्रवणकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय चितवनका वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठ र जिल्ला पशु सेवा कार्यालय भरतपुरका वरिष्ठ पशु चिकित्सक डा. डिल्ली सेंढाईले मन्तव्य व्यक्त गर्नुभएको थियो । उत्कृष्ट व्यवसायीक कृषकहरुलाई पुरस्कृत गर्ने कार्यक्रम सम्पन्न गर्न जिल्ला कृषि विकास कार्यालय चितवन र जिल्ला पशु सेवा कार्यालय भरतपुरले सहयोग पु¥याएको थियो । संघका कार्यक्रम अधिकृत दिपकराज विष्टले सञ्चालन गर्नुभएको सो पुरस्कार तथा प्रमाण–पत्र वितरण कार्यक्रममा कृषि समितिका संयोजक थिरप्रसाद धितालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 
 

chamber Guest houe copy