Articles

स्वास्थ्य शिविर

चितवन महोत्सव–२०७३ को अवलोकन गर्न आउने दर्शकहरु र प्रदर्शकहरुलाई केहि भैपरिआएमा प्राथमिक उपचार गर्न सकियोस र स्वास्थ्य सम्वन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम समेत आयोजना गर्ने उद्देश्यले महोत्सव परिसर भित्र स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । स्वास्थ्य शिविरमा दैनिक रुपमा प्राथमिक उपचार सेवा, खुल्ला रक्तदान कार्यक्रम, निशुल्क नाक, कान र घा“टी परिक्षण, आ“खा शिविर, दन्त शिविर सञ्चालन गरिएको थियो । स्वास्थ्य शिविरको संयोजन स्वास्थ्य समितिका संयोजक पुष्पराज शर्माले गर्नुभएको थियो । स्वास्थ्य शिविर आयोजना गर्न जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुर, भरतपुर आ“खा अस्पताल, साईराम डेण्टल हस्पिटल, नेपाल रेडक्रस सोसाईटी चितवन शाखा, रोटरी क्लब अफ नारायणी मिडटाउन, द आर्ट अफ लिभिङ र रोट्¥याक्ट क्लब अफ नारायणी मिड टाउनले विशेष सहयोग गरेका थिए ।

 
 

chamber Guest houe copy