Articles

खेलकुद कार्यक्रम

क) वीच पूmटबल प्रतियोगिता ः चितवन महोत्सव२०७३ को अवसर पारी फाइभ ए साइड वीच पूmटवल प्रतियोगिता आयोजना गरिएको थियो । पौष २८ र २९ गते सम्पन्न भएको सो प्रतियोगितामा चितवन जिल्ला भित्रका १० वटा टोली सहभागी भएका थिए । प्रतिस्पर्धामा नारायणगढ पूmटवल क्लव बिजेता र बसन्तपुर युनाइटेड क्लव माडी उपविजेता भएका थिए । बिजेता उपविजेतालाई क्रमशः २० हजार र १० हजार रुपैयानगद पुरस्कार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको संयोजन खेलकूद समितिका संयोजक प्रशान्तकुमार पियाले गर्नुभएको थियो । यो प्रतियोगिता सम्पन्न गर्न चितवन जिल्ला पूmटवल संघले विशेष सहयोग पु¥याएको थियो ।

 

ख) स्लो साईकल प्रतियोगिता ः उद्योग वाणिज्य संघचितवनका कार्यसमितिहरु वीच र महोत्सवका प्रदर्शकहरुका वीच स्लो साईकल प्रतियोगिता आयोजना गरिएको थियो । कार्यसमितिहरु वीच भएको प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय क्रमशः कार्यसमिति सदस्य नविन कडेल, प्रशान्तकुमार पिया र बालकृष्ण कडेल (बाणिज्य) हुनुभएको थियो । यसैगरी प्रदर्शकहरु वीच भएको प्रतिस्पर्धामा स्टल नम्बर ११८ का अमित श्रेष्ठ प्रथम, स्टल नम्बर १८८ का अमृत गौतम द्वितीय र इलेक्ट्रोनिक परिसर ई थ्रीका सुवास कालाखेती तृतीय भएका थिए । स्लो साइकल रेसमा प्रदर्शकका तर्फबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश नगद रु. ५ हजार, ३ हजार र २ हजार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । स्लो साईकल प्रतियोगिता सम्पन्न गर्न चितवन साईकल व्यवसायी संघले सहयोग गरेको थियो । 

 
 

chamber Guest houe copy