Articles

महोत्सवको मुख्य आकर्षण सा“स्कृतिक कार्यक्रम

चितवन महोत्सव२०७३ को मुख्य आकर्षणको रुपमा प्रत्येक दिन सम्पन्न हुने सास्कृतिक कार्यक्रम रहेको थियो । लोक संस्कृतिको जगेर्ना, स्थानिय प्रतिभाको प्रस्फूटन र महोत्सवमा आउने दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजित सास्कृतिक कार्यक्रममा स्थानिय भेष भूषा, लोक गीत, लोक नृत्य, आधुनिक गीत, आधुनिक नृत्य, पप गीत, लोकदोहोरी, चितवन महोत्सव डान्सिड्ड स्टार२०७३ र अन्तर विद्यालय स्तरिय नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । विभिन्न विधाहरुमा सम्पन्न भएको प्रतियोगितात्मक कार्यक्रममा उत्कृष्ट हुने टोली तथा सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै २०७३ माघ ४ गते, मंगलवार एक कार्यक्रमका वीच सास्कृतिक कार्यक्रमको समापन गरिएको थियो । सास्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक रोहितकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो समापन समारोह वर्तमान् मिस नेपाल आश्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा र पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । महोत्सवका मूल संयोजक एवम् संघका अध्यक्ष राजन गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो समापन समारोहमा प्रमुख अतिथि र विशिष्ट अतिथिलाई सम्मान गरिएको थियो । सास्कृतिक कार्यक्रम सफल पार्न सहयोग पु¥याउनुहुने महानुभावहरुलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको उक्त कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति एवम् सास्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक रोहितकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

 
 

chamber Guest houe copy