Articles

चितवन महोत्सवमा आयोजना गरिएका गोष्ठीहरु

१.     साना तथा मझौला उद्योगी व्यवसायीहरुको लागि गुणस्तर व्यवस्थापन

२०७३ पौष २६ गते, मंगलवार साना तथा मझौला उद्योगी व्यवसायीहरुको लागि गुणस्तर व्यवस्थापनविषयक कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो । उद्योग वाणिज्य संघचितवनको सभाहलमा सम्पन्न भएको सो गोष्ठीको उद्घाटन सत्रमा बोल्दै महोत्सवका मूल संयोजक एवम् उद्योग वाणिज्य संघचितवनका अध्यक्ष राजन गौतमले यस संघमा आवद्ध भएका र आवद्ध नभएतापनि यहाउद्योग तथा सेवा उद्योग सञ्चालन गरिरहेका उद्योगी व्यवसायीहरुको क्षमता अभिबृद्धिका लागि र सेवाग्राहीलाई कसरी सन्तुष्टी पार्न सकिन्छ भन्ने उद्देश्यले यस गोष्ठीको आयोजना गरिएको बताउनुभएको थियो ।

गोष्ठीमा ल्त्तऋएल् का अध्यक्ष जनार्दन घिमिरे, डा. विजयलाल प्रधान, ऋषिराम गौतम र निर्भिक श्रेष्ठ श्रोत व्यक्तिको रुपमा रहनुभएको थियो । उहाहरुले प्रस्तुतीको क्रममा आगामी दिनमा आनो उद्योगबाट उत्पादित वस्तु तथा सेवाहरुले ग्राहकहरुलाई उपलव्ध गराउने सेवा र उनीहरुले प्राप्त गर्ने सन्तुष्टिको बारेमा कार्यपत्रमा समावेश गर्नुभएको थियो ।

उद्योग वाणिज्य संघचितवनको संस्थापक सचिव एवम् पूर्व अध्यक्ष कृष्णवन्धु पियाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो गोष्ठीको अन्त्यमा चितवन महोत्सव२०७३ का गोष्ठी तथा सेमिनार समितिका संयोजक तथा संघका कार्यसमिति सदस्य राजेन्द्र ओलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्र गोष्ठी तथा सेमिनार समितिका सदस्य डा. बिजयलाल प्रधानले र समापन सत्रको उद्योग वाणिज्य संघचितवनका कार्यक्रम अधिकृत दिपकराज विष्टले गर्नुभएको थियो ।

 

२.     संघीय संरचना पछि पर्यटन विकासमा चितवन

 

२०७३ पौष २७ गते, वुधवार उद्योग वाणिज्य संघचितवनको तालिम हलमा संघीय संरचना पछि पर्यटन विकासमा चितवनविषयक कार्यशाला गोष्ठी सम्पन्न भएको थियो । चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो गोष्ठीलाई सम्वोधन गर्दै उहाले नेपालको छिमेकमा भारत र चीन जस्ता ठूला देशहरु भएको र त्याहाका मध्यम बर्गका परिवारहरुलाई मात्र नेपालमा पर्यटकको रुपमा भित्राउन सकियो भने यहाको पर्यटनले ठूलो फड्को मार्ने बताउनुभएको थियो । नेपालको केन्द्रविन्दुमा रहेको र विविधतायुक्त स्थान भएकोले समेत चितवनमा पर्यटकीय विकासको प्रचुर सम्भावना रहेको भन्दै प्रमुख जिल्ला अधिकारी भट्टले जिल्ला भित्रका सम्पूर्ण पर्यटकिय स्थलहरु र व्यवसायीहरुलाई एक आपसमा जोडनुपर्नेमा जोडदिनुभएको थियो । यसैगरी महोत्सवका सदस्यसचिव एवम् उद्योग वाणिज्य संघचितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले चितवन जिल्ला भित्र रहेका प्रमुख पर्यटकिय गन्तव्यहरु माथी प्रकाश पार्दै चितवन जिल्लामा विभिन्न प्राकृतिक पर्यटकिय स्थलहरु, दुर्लभ बन्य जन्तुहरु र धार्मिक पर्यटकिय स्थलहरु पर्यटकहरुको विशेष आकर्षणको स्थल बन्ने भएकोले यि कुराहरुलाई आगामी दिनमा अझ परिष्कृत बनाउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

कार्यशाला गोष्ठीमा चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुहुदै जिल्ला भित्रका महत्वपूर्ण पर्यटकिय स्थलहरुको सूचना प्रविधि मार्पmत प्रचार प्रसार गर्नुपर्ने धारणा राख्नुभएको थियो । दक्ष जनशक्तिको उत्पादन तथा पर्यटनमैत्री नीति निर्माण गर्नमा सम्पूर्ण सरोकारवालाहरु लाग्नुपर्नेमा उहाले जोडदिनुभएको थियो । चितवन पर्यटन विकास समितिका अध्यक्ष तथा उद्योग वाणिज्य संघचितवनका विशिष्ट सदस्य दिलिप मैनाली चितवनको पर्यटकिय क्षेत्र सिराईचुली देखी सौराहा सम्म र देवघाट देखी गोलाघाट सम्म पैmलिएकोले उक्त स्थानहरुको प्रवद्र्धनमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । गोष्ठीमा जिल्ला विकास समिति चितवनका शाखा अधिकृत प्रकाशचन्द्र पौडेल, मध्य नेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुड्ड, देवघाट धाम संरक्षण प्रतिष्ठानका अध्यक्ष राजेन्द्रकुमार पिया, देवघाट क्ष्ँेत्र विकास समितिका निवर्तमान् अध्यक्ष शैलेन्द्रकुमार पिया, नेचर गाईड एशोसियसन चितवनका अध्यक्ष उदयचन्द्र अर्याल, मेघौली पर्यटन परिषदका अध्यक्ष कृष्णप्रसाद भूर्तेल लगायतका बक्ताहरुले प्रस्तुत कार्यपत्र माथी आनो धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम अधिकृत दिपकराज विष्टले सञ्चालन गर्नुभएको सो कार्यक्रम गोष्ठी तथा सेमिनार समितिका संयोजक एवम् संघका कार्यसमिति सदस्य राजेन्द्र ओलीको सभापतित्वमा सम्पन्न भएको थियो । गोष्ठीको अन्त्यमा महोत्सव अन्तर्गत गठित पर्यटन प्रवद्र्धन एवम् व्यवस्थापन समितिका संयोजक डांसीराम ढकालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

३.     व्यवसायीक कृषिका लागि आधुनिकीकरण

महोत्सवको चौथो दिन अर्थात २०७३ पौष २८ गते, विहिवार व्यवसायीक कृषिका लागि आधुनिकीकरण विषयक गोष्ठी सम्पन्न भएको थियो । गोष्ठी महोत्सवका मूल संयोजक एवम् उद्योग वाणिज्य संघचितवनका अध्यक्ष राजन गौतमको सभापतित्वमा र नेपाल सरकार कृषि विकास मन्त्रालयका सचिव डा. सुरोज पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै मूल संयोजक गौतमले कृषि क्षेत्रलाई व्यवसायीक रुपमा अगाडी बढाउन यान्त्रिकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो । मूल संयोजक गौतमले कृषिमा धेरै जनशक्ति लागेर कम प्रतिफल आउने अवस्थाको अन्त्यका लागि यान्त्रिकरण जरुरी भईसकेको धारणा व्यक्त गर्नुभएको थियो । गोष्ठीका प्रमुख अतिथि नेपाल सरकार कृषि विकास मन्त्रालयका सचिव डा. सुरोज पोखरेलले प्रत्येक स्थानले कुनै एउटा कृषि वस्तुमा आनो पहिचान बनाउनुपर्ने भन्दै जग्गाको खण्डीकरण रोक्नका लागि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु गरेको समेत बताउनुभएको थियो ।

गोष्ठीमा उद्योग वाणिज्य संघचितवनका कृषि तर्पmका विशिष्ट सदस्य डा. होमवहादुर बस्नेत र व्यवसायीक कृषि तथा व्यापार आयोजना, आयोजना कार्यान्वयन सहयोग समूहको कार्यालयका प्रमुख श्री बासुदेव शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको सो कार्यक्रममा प्रस्तुत कार्यपत्र माथी चितवन महोत्सव२०६५ का मूल संयोजक एवम् संघका पूर्व अध्यक्ष मित्रराज दवाडी र कृषि तथा वन विश्वविद्यालयका प्रा. डा. श्रवणकुमार शाहले टिप्पणी गर्नुभएको थियो । गोष्ठीमा जिल्ला कृषि विकास कार्यालय चितवनका वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठ, जिल्ला पशु सेवा कार्यालय चितवनका वरिष्ठ पशु चिकित्सक डा. डिल्ली सेंढाई, चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरी पन्त, नेपाल मत्स्य व्यवसाय समितिका अध्यक्ष अम्विका प्रसाद अधिकारी लगायतका बक्ताहरुले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई दिगो बनाउन सकियो भने नेपाल कृषिमा आत्मनिर्भर बन्न सक्ने धारणा व्यक्त गर्नुभएको थियो ।

संघका कार्यक्रम अधिकृत दिपकराज विष्टले सञ्चालन गर्नुभएको सो कार्यक्रमको अन्त्यमा गोष्ठी तथा सेमिनार समितिका संयोजक राजेन्द्र ओलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

४.     साहित्य गोष्ठी

२०७३ माघ २ गते, आईतवार उद्योग वाणिज्य संघचितवनको सभाहलमा साहित्य गोष्ठीको आयोजना गरिएको थियो । नव सिर्जना, हाम्रो परिकल्पनाभन्ने नाराका साथमा आयोजना गरिएको सो गोष्ठीमा चितवन र नवलपरासीका साहित्यकारहरुले आआनो गीत, कविता तथा गजल वाचन गरी सहभागीता जनाउनुभएको थियो । गोष्ठीमा महोत्सवका मूल संयोजक तथा उद्योग वाणिज्य संघचितवनका अध्यक्ष राजन गौतमले स्वागत मन्तव्य व्यक्त गर्दै महोत्सवकै बारेमा आपूmले तयार पार्नुभएको कविता वाचन गर्नुभएको थियो । वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो गोष्ठीमा स्मारिका प्रकाशन तथा साहित्य गोष्ठी व्यवस्थापन समितिका संयोजक सिद्धार्थलाल चुके र गोष्ठी तथा सेमिनार समितिका संयोजक राजेन्द्र ओलीले मन्तव्य व्यक्त गर्नुभएको थियो । साहित्यकार द्वारिका नेपालले सञ्चालन गर्नुभएको उक्त गोष्ठीको अन्त्यमा साहित्य गोष्ठी व्यवस्थापन उपसमितिका संयोजक प्रभाकर पण्डितले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

५.     चितवनमा दिगो विकास प्राप्ति ः अवसर र चुनौती

२०७३ माघ ३ गते, सोमवार उद्योग वाणिज्य संघचितवनको सभाहलमा चितवनमा दिगो विकासको प्राप्ती अवसर र चुनौती विषयमा गोष्ठी सम्पन्न भएको थियो । गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्नुहुदै सुर्यनारायण पौडेलले चितवनमा कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको साथै जलश्रोत, सूचना प्रविधि र विभिन्न किसिमका उद्योग व्यवसाय सञ्चालनका लागि प्रचुर सम्भावना भएकोले त्यसको सदुपयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । यसैगरी संघका विशिष्ट सदस्य तथा भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले स्वास्थ्य पेशासंग सम्वन्धित जनशक्तिहरु केहि समय स्वदेशमा काम गर्ने वित्तिकै बैदेशिक रोजगारीका लागि विदेश जाने परिपार्टिले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा दक्ष जनशक्तिको अभाव खड्किएको बताउनुभएको थियो । डा. अधिकारीले मुलुकको दिगो विकासका लागि नागरिक स्वस्थ हुनुपर्ने भएकोले यस तर्पm राज्यले विशेष ध्यान पु¥याउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । अर्का कार्यपत्र प्रस्तुतकर्ता अरुणकुमार मास्केले चितवन जिल्लालाई आगामी दिनमा स्मार्ट सिटीको रुपमा विकास गर्नुपर्ने बताउनुभएको थियो । मास्केले उद्योग व्यवसायलाई प्रविधिसंग जोडदै घर तथा कार्यालयहरुको सुरक्षा व्यवस्था समेत डिजिटलको माध्यमबाट गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

                चितवन महोत्सव२०७३ का मूल संयोजक एवम् उद्योग वाणिज्य संघचितवनका अध्यक्ष राजन गौतमको सभापतित्वमा सम्पन्न भएको सो गोष्ठीमा राष्ट्रिय योजना आयोजका माननीय सदस्य डा. स्वर्णीम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । संघका कार्यकारी निर्देशक रसिक प्रधानले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको अन्त्यमा गोष्ठी तथा सेमिनार समितिका संयोजक राजेन्द्र ओलीले धन्यवाद ज्ञापन गर्नुभएको 

 
 

chamber Guest houe copy