Articles

चितवन महोत्सव–२०७३ सम्पन्न

चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना गरिदै आएको चितवन महोत्सवको ११ औं संस्करण चितवन महोत्सव२०७३भव्यताका साथ सम्पन्न भएको थियो । थियो । सार्वजनिक नीजि साझेदारी अवधारणा अनुरुप २०७३ पौष २५ गते देखी माघ ५ गते सम्म प्रदर्शनी मैदान नारायणी नदी किनारमा आयोजना गरिएको सो महोत्सवको आयोजक उद्योग वाणिज्य संघचितवन, जिल्ला विकास समिति चितवन र भरतपुर उपमहानगरपालिका रहेको थियो ।

१० दिन सम्म सञ्चालन भएको सो महोत्सवको मुख्य प्रायोजक अर्घाखाची ओपीसी सिमेन्ट, सहप्रायोजक ई प्लानेट अष्ट्रेलियन एजुकेशन एण्ड भिसा सर्भिसेज, विशेष सहयोगी बजाज मोटर साईकल्स, प्रवद्र्धकहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार वाणिज्य तथा आपुर्ती मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल सरकार कृषि विकास मन्त्रालय, पशु सेवा विभाग, नेपाल सरकार क्षेत्रिय कृषि निर्देशनालय मध्यमाञ्चल तथा जिल्ला कृषि विकास कार्यालय चितवन रहेका थिए । यसैगरी सास्कृतिक कार्यक्रमको प्रायोजक मनकामना दर्शन प्रा. लि.,रेष्टुरेण्ट परिसरको प्रायोजक कोकाकोला, अटो परिसर प्रायोजक होण्डा द पावर अफ ड्रिम्स, आधिकारीक बैंक सेञ्चुरी बैंक, आधिकारी बिमा प्रभु ईन्सुरेन्स, आधिकारीक मिडिया कान्तिपुर दैनिक, टिकट सौजन्य बैष्णव मिष्ठान्न भण्डार, प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी पुरस्कार प्रायोजक जिएमटी कृषि सामग्री उद्योग र ग्राफिक आर्ट पार्टनर नेपाल क्रा एण्ड फाईवर ईण्डष्ट्रिज चितवन रहेको थिए ।

 

महोत्सवको समुद्घाटन

२०७३ पौष २५ गते, सोमवार चितवन महोत्सव२०७३ को एक कार्यक्रमका वीच समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महोत्सवको समुद्घाटन गर्नुभएको थियो । समुद्घाटन समारोहलाई सम्वोधन गर्दै सम्माननीय प्रधानमन्त्री दाहालले चितवनको विकासको लागि आपूmले बृहद प्याकेज तयार पारेको बताउनुभएको थियो । उहाले सो प्याकेजले चितवनको समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै काठमाण्डौ लोडसेडिड्डमुक्त भईसकेको सन्दर्भमा अव छिट्टैनै चितवन पनि लोडसेडिड्डमुक्त जिल्ला हुने तयारीमा रहेको समेत जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री दाहालले शक्तिखोरमा आद्योगिक क्षेत्र बनाउने तयारी भईरहेको र आपूm स्वयं चितवनकै बासिन्दा भएकोले यो जिल्लासंगको सम्वन्ध विशेष रहेको हुदा केहि गरेरै देखाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । समारोहमा महोत्सवका मूल संयोजक एवम् उद्योग वाणिज्य संघचितवनका अध्यक्ष राजन गौतमले देशबाट ठूलो परिमाणमा भईरहेको युवाशक्तिको पलायनलाई रोक्न राज्यले ठोस नीति निर्माण गर्नुपर्ने भन्दै सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउनुभएको थियो । मूल संयोजक गौतमले केहि गरौं भन्ने युवाहरुलाई स्वदेशमै केहि गर्न सक्ने वातावरण राज्यले बनाउनुपर्ने भएकोले यसतर्पm विशेष ध्यानदिन समेत आग्रह गर्नुभएको थियो । चितवन जिल्लाको समग्र विकासका लागि गर्नुपर्ने कार्यहरु बारे संक्षिप्तमा प्रकाश पार्दै गौतमले राजमार्ग बन्नुभन्दा धेरै पहिलेनै बनेको पुरानो ऐतिहासिक मेनरोड बजार संरक्षणको लागि नारायणगढ मुग्लीड्ड सडक खण्डको पूल्चोकलाई बनाईएको शुरु विन्दुलाई खारेज गरेर आपटारीलाई कायम गर्न सम्पूर्ण चितवनवासीहरुको तर्पmबाट अनुरोध गर्नुभएको थियो ।

समुद्घाटन समारोहमा महोत्सवको मुख्य प्रायोजक अर्घाखाची ओपीसी सिमेन्टका प्रतिनिधि रमेश थापा, आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष पदम गुरुड्ड, भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बराल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष त्रय किशोर प्रधान, शेखर गोल्छा र दिनेश श्रेष्ठ, महासंघकै कार्यसमिति सदस्य तथा मध्यमाञ्चल क्षेत्रिय उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी, उद्योग संघ चितवनका उपाध्यक्ष राजु पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् विशिष्ट सदस्य चण्डीराज ढकाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, माननीय सांसदत्रय गीता वाग्ले, रामकृष्ण घिमिरे र कृष्णभक्त वाग्ले लगायतका बक्ताहरुले महोत्सव सफलताको शुभकामना सहित मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समुद्घाटन समारोहको अन्त्यमा महोत्सवका सहसंयोजक एवम् जिल्ला विकास समिति चितवनका तत्कालिन स्थानिय विकास अधिकारी श्रवणकुमार पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । महोत्सवका मूल संयोजक एवम् उद्योग वाणिज्य संघचितवनका अध्यक्ष राजन गौतमको सभापतित्वमा सम्पन्न भएको सो समारोह महोत्सवका सदस्यसचिव एवम् संघका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । समुद्घाटन समारोह शुरु हुनु भन्दा अगाडी समग्र चितवन जिल्लाको रिति, थिति र संस्कृतिलाई झल्काउने बृहद शोभायात्रा ¥याली सम्पन्न भएको थियो ।

 
 

chamber Guest houe copy