Articles

स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न

उद्योग वाणिज्य संघचितवनले चितवन जिल्लामा सरुवा भई आउनुभएका स्थानिय तथा सुरक्षा निकायका प्रमुखज्यूहरुलाई आज एक कार्यक्रमका वीच स्वागत कार्यक्रमको आयोजना गरेको थियो । संघको बैठक कक्षमा सम्पन्न भएको सो कार्यक्रममा आज चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दीपक थापा, सशस्त्र प्रहरी बल भण्डाराका प्रहरी उपरिक्षक शान्तिकुमार कार्की, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय चितवनका उप अनुसन्धान निर्देशक अच्यूत पन्त, सीमा सुरक्षा कार्यालय भरतपुरका प्रहरी उपरिक्षक श्याम कोईराला र जिल्ला कृषि विकास कार्यालय चितवनका वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठलाई स्वागत गरिएको थियो ।

                कार्यक्रममा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले परिचयात्मक कार्यक्रमको आयोजना गरी चितवन जिल्लाको शान्ति सुरक्षा लगायत विकास निर्माणमा सार्वजनिक नीजि साझेदारीको अवधारणा अनुरुप कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने वातावरण सिर्जना गरिदिएकोमा संघलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । संघका कार्यकारी निर्देशक रसिक प्रधानले संघको बारेमा प्रस्तुती दिनुभएको सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा संघका कार्यसमिति, पदाधिकारी, पूर्व अध्यक्ष र कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संघका अध्यक्ष राजन गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।

                मिति ः २०७३ पौष ११ गते, सोमवार ।

 

दिपकराज विष्ट


 

उद्योग वाणिज्य संघ(चितवनको मिति २०७३ माघ १९ गते बुधबार ५७ औं स्थापना दिवस एक कार्यक्रमकाबीच संघको अध्यक्ष राजन गौतमको अध्यक्षतामा सम्पन्न गरियो । संघका संस्थापक सचिव एवम् पूर्व अध्यक्ष कृष्णबन्धु पियाको प्रमुख आतिथ्यत्यमा सम्पन्न उक्त कार्यक्रममा संघका अध्यक्ष राजन गौतमले अग्रजहरुको अथक प्रयास र मिहिनेतबाट आज संघ यो स्थानमा आईपुगेको छ वहाँहरुको देनको कदर अहिलेको पुस्ताले गर्नुपर्छ भन्ने भनाई व्यक्त गर्नुभयो । आजको वर्तमान भोलीको ईतिहास हो र ईतिहासलाई सुनौलो बनाउन वर्तमानको योगदानले अहम् भूमिकमा खेल्छ । तसर्थ ईतिहासलाई नभुली वर्तमानमा राम्रा कार्यहरु गर्नुपर्ने विषयमा अध्यक्ष राजन गौतमले जोड दिनुभयो ।

प्रमुख अतिथिबाट सरस्वती माताको फोटोमा माल्यार्पण गरी ५७ वटा दीपहरुमा दीप प्रज्जवलन गरेर कार्यक्रमको शुरुवात गरिएको थियो भने उपस्थित सम्पूर्ण महानुभावहरुले समेत दीप प्रज्जवलन गरी खुशी व्यक्त गर्नुभएको थियो । व्यापार संघ नारायणगढको नामले ठाँटीबाट शुरु भएको यस संघको ईतिहासबारे प्रकाश पार्नुहुँदै उद्योग वाणिज्य संघ नारायणगढ हुँदासम्ममा संघले गरेका संघर्षहरुका बारेमा संघका पूर्व अध्यक्ष के।एल।भुषणले जानकारी गराउनुहुँदै सम्पूर्णमा सकारात्मक सोंचको विकास गर्नुपर्ने विषयमा जोड दिनुभयो । भएका कमीकमजोरीहरुलाई नदोहोर्याई त्यसलाई शिक्षाको रुपमा लिनुपर्ने र आउने दिनहरुमा अझ सशक्त एवम् कुशल तरीकाले अगाडी बढ्न सकुन् भन्ने आशय व्यक्त गर्नुभयो । यसैगरी संघका संस्थापक सचिव एवम् पूर्व अध्यक्ष तथा आजको कार्यक्रमका प्रमुख अतिथिज्यूले पनि संघको ईतिहासमा व्यवसायिक हकहितका लागि गरेका कृयाकलापहरुबारे जानकारी गराउनुहुँदै वर्तमान अवस्थामा राज्यले उद्योगहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने र यो विषयमा उद्योग वाणिज्य संघ(चितवनले सशक्त ढङ्गले आवाज उठाउनुपर्ने बताउनुभयो ।

 

संघका कार्यकारी निर्देशक रसिक प्रधानले सञ्चालन गर्नुभएको सो कार्यक्रममा संघका पूर्व अध्यक्षहरु क्रमशः चन्द्रलाल श्रेष्ठ, महेन्द्रलाल प्रधान, देशीराम प्रधान, प्रचण्डलाल प्रधान उपस्थित रहनुभएको थियो भने संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, वस्तुगत संघका अध्यक्षहरु तथा संघका कर्मचारीहरुको समेत उक्त कार्यक्रममा उपस्थिति रहेको थियो । संघका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले संघका पूर्व अध्यक्षहरुले संघको विकासमा पुर्याउनुभएको अतुलनिय योगदानको कदर गर्नुहुँदै सम्पूर्ण पूर्व अध्यक्षहरुप्रति सम्मान व्यक्त गर्नुभयो र अन्त्यमा उपस्थित सबैलाई हार्दिक धन्यवाद सहित कार्यक्रम समापन भएको जानकारी गराउनुभयो ।

 
 

chamber Guest houe copy