Articles

महामहिम राजदुतको स्वागत

उद्योग वाणिज्य संघचितवनले आज पाकिस्तानका महामहिम राजदुत डा. मजहर जावेदको नेतृत्वमा आएको टोलीलाई एक कार्यक्रमका वीच स्वागत गर्दै उहासंग छलफल गरेको थियो । कार्यक्रममा संघका अध्यक्ष राजन गौतमले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै पाकिस्तान नेपालको एक असल छिमेकी भएको र दुवै देशका जनताहरु बीच लामो समय देखी भावनात्मक सम्वन्ध रहेको हुदा यो सम्वन्धलाई उद्योग व्यवसायको विकास र प्रवद्र्धनसंग जोडनुपर्ने बताउनुभएको थियो । अध्यक्ष गौतमले देश उद्योग व्यवसायको क्षेत्रमा कुनै एउटा देशसंग मात्र निर्भर रहदा विगतमा परेको समस्याहरुलाई ध्यानमा राख्दै आगामी दिनमा अरु मुलुकहरुसंगको उद्योग व्यवसायमा नेपाल पनि जोडिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।   नेपालमा उत्पादित बस्तु तथा सेवाहरु पाकिस्तानमा र पाकिस्तानमा उत्पादित बस्तु तथा सेवाहरु नेपालमा सहज रुपमा कसरी आदान प्रदान गर्न सकिन्छ भन्ने चासो अव नीजि क्षेत्रले लिनुपर्नेमा जोड दिनुभएको थियो ।

छलफलमा महामहिम राजदुत डा. मजहर जावेदले सम्वोधन गर्दै नेपालको उद्योग तथा व्यवसायलाई पाकिस्तानको उद्योग व्यवसायसंग जोडेर कसरी दुवै देशलाई लाभान्वित गर्न सकिन्छ भन्ने विषय प्रति आपूm अत्यन्त सकारात्मक भएको भन्दै त्यसमा के कति सम्भावना छ आगामी दिनमा छलफल गर्ने बताउनुभएको थियो । महामहिम राजदुत जावेदले निकट भविष्यमानै हुन लागेको चितवन महोत्सवमा पाकिस्तानमा उत्पादन हुने धेरै भन्दा धेरै वस्तु तथा सेवाहरुलाई प्रदर्शनी गरिने भन्दै पाकिस्तानमा पनि हुने यस्ता बृहद प्रदर्शनीहरुमा नेपालमा उत्पादित बस्तुहरुको प्रदर्शनीका लागि नीजी क्षेत्रले चासो दिनुपर्ने विचार राख्नु भएको थियो ।

संघका कार्यकारी निर्देशक रसिक प्रधानले सञ्चालन गर्नुभएको सो कार्यक्रममा उपस्थित सहभागीहरुले राख्नुभएको विभिन्न जिज्ञाशाहरु बारे महामहित राजदुतले जवाफ दिनुभएको थियो । कार्यक्रमको अन्त्यमा संघका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले संघबाट स्थापना कालदेखी हाल सम्म नीजि क्षेत्रको विकास र प्रवद्र्धनका लागि गरिएका कार्यहरु माथी प्रकाश पार्दै उपस्थित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा पाकिस्तानी दुतावासका सेकेण्ड सेक्रेटरी नजाम शेहर, संघका संस्थापक सचिव तथा पूर्व अध्यक्ष कृष्णवन्धु पिया, पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, विशिष्ट सदस्यज्यूहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

मिति ः २०७३ मंसिर २८ गते, मंगलवार । 

 
 

chamber Guest houe copy