Articles

सूचनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरको आयोजना तथा उद्योग वाणिज्य संघचितवनको संयोजनमा कम्पनी रजिष्ट्रार कार्यालयबाट प्रदान गरिने सेवाहरुको बारेमा जानकारी गराउने उद्देश्यले आज सूचनामूलक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको थियो । संघको तालिम हलमा सम्पन्न भएको सो कार्यक्रममा उद्योग वाणिज्य संघचितवनका अध्यक्ष राजन गौतमले स्वागत गर्नुभएको थियो । अध्यक्ष गौतमले कम्पनी रजिष्ट्रार कार्यालयबाट प्रदान गरिने सेवाहरु सहज र सरल रुपमा सर्वसाधारणले प्राप्त गर्नुपर्नेमा जोड दिनुहुदै कम्पनी दर्ता तथा खारेजीका साथै सम्पूर्ण प्रक्रियाहरुबारे जानकारी गराउने उद्देश्यले यो कार्यक्रमको आयोजना हुनु सकारात्मक भन्दै प्रशंसा गर्नुभएको थियो ।

सो अवसरमा कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरका उप रजिष्ट्रार चन्द्रप्रकाश देवकोटाले कार्यालयबाट प्रदान गरिने सेवाहरु, कार्यालयको काम, कर्तव्य र अधिकारहरु, सांगठनिक संरचना, हाल सम्मका मुख्य मुख्य कार्यहरु, कार्यालयका समस्याहरु, समाधानका उपाय, भाबी योजनाका साथै अन्य विविध कार्यहरु माथी प्रकाश पार्नुभएको थियो । सो अवसरमा सहभागीहरुले राख्नुभएको विभिन्न जिज्ञाशाहरुको जवाफ दिनुहुदै उप रजिष्ट्रार देवकोटाले कार्यालयले प्रवाह गर्ने सेवाहरुमा कुनै किसिमको गुनासो भएमा सुझाव दिन अनुरोध गर्दै आगामी दिनमा यस्तै किसिमका सूचनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिने योजना रहेको समेत बताउनुभएको थियो ।

यसैगरी घरेलु तथा साना उद्योग कार्यालय भरतपुरका प्रमुख उद्योग अधिकृत होमप्रसाद घिमिरेले चितवन जिल्लामा उद्योग सञ्चालन गर्न प्रोत्साहन दिनका लागि कार्यालयले विभिन्न किसिमका तालिम तथा कार्यक्रमहरु आयोजना गरेतापनि त्यो प्रभावकारी नभएको तर्पm चिन्ता व्यक्त गर्दै आगामी दिनमा त्यसलाई परिष्कृत गर्दै लैजानुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा संघका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले उपस्थित सबैलाई हार्दिक धन्यवाद दिनुहुदै विना दर्ता व्यवसाय सञ्चालन गर्नेहरुको जमात धेरै भएकोले कार्यालयले प्रदान गर्ने सेवा सरल र सहज भएमा उद्योग व्यवसाय दर्तामा उल्लेख्य बृद्धि हुने बताउनुभएको थियो । संघका कार्यक्रम अधिकृत दिपकराज विष्टले सञ्चालन गर्नुभएको सो कार्यक्रममा निवर्तमान् अध्यक्ष कल्याण जोशी, द्वितीय उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, कार्यसमिति सदस्यहरु, वस्तुगत संघ, कर्पाेरेट सदस्यहरु, कार्यकारी निर्देशक रसिक प्रधान लगायत संघका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मिति ः २०७३ माघ २५ गते, मंगलवार । 

 
 

chamber Guest houe copy