Articles

जाईकाको भ्रमण टोलीसंग छलफल

उद्योग वाणिज्य संघचितवनले आज संघको बैठक कक्षमा जाईकाबाट आएको भ्रमण टोलीसंग चितवन जिल्लामा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत परियोजना मार्पmत केरा खेतिको उत्पादन बृद्धि तथा बजारीकरणका लागि भएका कार्यहरु बारे छलफल गरेको थियो । छलफलमा संघका अध्यक्ष तथा एक गाउँ एक उत्पादन कार्यक्रम कार्यान्वयन समिति चितवनका संयोजक राजन गौतमले उपस्थित सबैलाई स्वागत गर्दै ३०० विगाहाबाट शुरु भएको केरा खेति अहिले २,५१३ विगाहा सम्म आईपुग्दा भए गरिएका कार्यहरु माथी प्रकाश पार्दै केरा बगानमा स्थलगत भ्रमण समेत गर्न टोलीलाई आग्रह गर्नुभएको थियो ।

संघका कार्यकारी निर्देशक तथा परियोजनाका सदस्यसचिव रसिक प्रधानले चितवन जिल्लामा एक गाउँ एक उत्पादन कार्यक्रम शुरु भएपछि हाल सम्ममा सम्पन्न गरिएका कार्यक्रम तथा क्रियाकलापहरु प्रगती प्रतिवेदनको प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँको प्रस्तुती पश्चात भ्रमण टोलीका टोलीनेता जाईकाका वरिष्ठ स्वयंसेवकद्वय ताकेसी होण्डा र सुसुमी निशीका साथै अन्य जाईकाका स्वयंसेवकहरु तोमोको होकानासी, सुवाषा योशिदा, ईता नाकामुरा र कोजी हाराडाबाट चितवनमा उत्पादित केरालाई विविधिकरण सहित बजारीकरणका बारेमा जिज्ञाशा राख्नुभएको थियो । उहाँहरुको जिज्ञाशा माथी जिल्ला कृषि विकास कार्यालय चितवनका वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठ, चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरी पन्त, सोही संस्थाका निवर्तमान् अध्यक्ष यज्ञप्रसाद सुवेदी र प्राविधिक सल्लाहकार रामलाल श्रेष्ठ लगायतका बक्ताहरुले प्रकाश पार्दै चितवनमा केरा खेति गर्दा आईपरेका समस्या र सम्भावनाहरुका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

२०७३ मंसिर २६ गते, आईतवार ।

दिपकराज विष्ट

 
 

chamber Guest houe copy