Articles

५० औं वार्षिक साधारण सभा सम्पन्न

उद्योग वाणिज्य संघचितवनको ५० औं वार्षिक साधारण सभा २०७३ मंसिर २० गते, सोमवार सम्पन्न भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो वार्षिक साधारण सभाको समुद्घाटन समारोहमा बोल्दै उहाले मुलुकको समग्र आर्थिक विकासमा राजनीतिक दलहरु जिम्मेवार नभईदिनाले समस्या आएको बताउनुभएको थियो । महासंघ अध्यक्ष मुरारकाले राजनीतिक दलका नेताहरुले भाषणमा आर्थिक विकास र समृद्धिको बारेमा कुरा गरेतापनि व्यवहारमा त्यो लागु गर्न तत्परता नदेखाएको प्रति चिन्ता व्यक्त गर्दै दलहरुको अभैm पनि विभिन्न बहानामा बन्द र हड्ताल गर्ने कार्य नहटेको बताउनुभएको थियो । मुलुक आर्थिक रुपमा सम्पन्न नभएसम्म राजनीतिले सफलता पाउन नसक्ने भन्दै अहिले राजनीतिक दलहरुको सत्तामा हुदा एउटा कुरा र नहुदा अर्काे कुरा गर्ने प्रवृत्ति रहेको कुरा मुरारकाले बताउनुभएको थियो ।

सो अवसरमा समुद्घाटन समारोहका सभापति एवम् उद्योग वाणिज्य संघचितवनका अध्यक्ष राजन गौतमले उपस्थित सबैलाई हार्दिक स्वागत गर्दै नेपालमा आर्थिक विकासका सम्भावनाहरु प्रचुर मात्रामा रहेतापनि त्यसको सदुपयोग गर्न नसकिएको भन्दै समग्र जिल्लाको आर्थिक विकासका लागि गर्नुपर्ने कार्यहरु माथी प्रकाश पार्नुभएको थियो । अध्यक्ष गौतमले आनो कार्यकालको शुरुवात संगसंगै नारायणगढको पुरानो बजारलाईनै विस्थापित गराउने किसिमले सडक विभागबाट भएको निर्णयलाई सच्च्याउन सम्पूर्ण सरोकारवाला जनसमुदायहरुको तर्पmबाट माग गर्नुभएको थियो । नारायणी नदीको पुल दिन प्रतिदिन जिर्ण हुदै गईरहेकोले त्यसको विकल्पमा नयापुल निर्माण गरी बनिरहेको भौतिक संरचनालाई नबिगारिकन सडक विस्तार गर्नुपर्ने उहाको भनाई थियो । गौतमले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा अग्रणी स्थानको रुपमा रहेको चितवनमा लगानीका सम्भावनाहरु प्रचुर भएकोले लगानीलाई आकर्षित गर्न नेपाल सरकारले औद्योगिक क्षेत्र निर्धारण गर्नुपर्नेमा जोड दिनुभएको थियो । समुद्घाटन  समारोहमा महासंघका उपाध्यक्ष शेखर गोल्छाले विदेशी उत्पादनले नेपाली बजारलाई अस्तव्यस्त बनाएको अवस्थामा हामीले सम्भावना भएका विभिन्न क्षेत्रहरुमा उत्पादनमुखी योजना बनाएर आयातलाई प्रतिस्थापन गरी विभिन्न वस्तु तथा सेवाहरु निर्यात गर्न तर्पm उन्मुख हुनुपर्ने बताउनुभएको थियो । नेपालको एक मात्र सम्भावना भएको कृषि क्षेत्रमा पनि परनिर्भरता हुनु विडम्वना भएको भन्दै यस तर्पm सबैले गम्भीर भएर सोच्नुपर्ने बताउनुभएको थियो ।

शुभकामना मन्तव्यकै क्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा मध्यमाञ्चल क्षेत्रिय उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीले नेपालका उद्योग व्यवसायीहरु वीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने र त्यसले मुलुकको आर्थिक विकासमा सकारात्मक असर पार्ने हुदा त्यसको लागि सरकारले अनुकुल वातावरण बनाईदिनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानवहादुर विसुराल, चितवन जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी रामराज सुवेदी, नेपाल मजदुर किसान पार्टि चितवनका अध्यक्ष हरिप्रसाद दुवाल, राष्ट्रिय जनमोर्चा नेपालका जिल्ला अध्यक्ष डम्मर पुरी, राष्ट्रिय प्रजातन्त्र पार्टिका जिल्ला कोषाध्यक्ष प्रेम गैरे, नेकपा एमाले चितवनका कार्यवाहक अध्यक्ष तेजेन्द्र खड्का र नेपाली काग्रेस चितवनका प्रतिनिधि भूपतिदास सापकोटाले वार्षिक साधारण सफलताको शुभकामना दिदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो । कार्यकारी निर्देशक रसिक प्रधानले सञ्चालन गर्नुभएको सो समुद्घाटन समारोहको अन्त्यमा संघका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

समुद्घाटन समारोह पश्चात आयोजित बन्द सत्रमा कार्यकारी निर्देशक रसिक प्रधानले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७२÷७३ को वार्षिक प्रगती प्रतिवेदन, प्रथम उपाध्यक्ष चुननारायण श्रेष्ठले प्रस्तुत गर्नुभएको २०७२÷७३ को आर्थिक प्रगति प्रतिवेदन, वासलात र आव २०७३÷७४ को अनुमानित आर्थिक विवरणका साथै वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले समग्र जिल्लाको आर्थिक तथा सामाजिक विकासका लागि प्रस्तुत गर्नुभएको प्रस्तावलाई बृहद छलफल पश्चात थपघट गरी पारित गरिएको थियो । बन्द सत्रमा सभासदज्यूहरुले राख्नुभएको विभिन्न जिज्ञाशाहरुको जवाफ संघका अध्यक्ष राजन गौतमले दिनुभएको थियो । कार्यक्रमको अन्त्यमा वार्षिक साधारण सभालाई सफलताका साथ सम्पन्न गर्न गराउन सहयोग पु¥याउनुहुने सम्पूर्णलाई मूल समिति संयोजक कार्यसमिति सदस्य रोहितकुमार श्रेष्ठले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

मिति ः २०७३ मंसिर २० गते, सोमवार ।

 

दिपकराज विष्ट

 

कार्यक्रम अधिकृत

 
 

chamber Guest houe copy