Articles

द थर्ड भिजन– चितवन

समाजमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक गतिविधिलाई न्यूनीकरण गरी सुरक्षा संयन्त्रलाई मजबुत बनाउन सर्वसाधारणले पनि यदि प्रयास गरेमा सरकारलाई सहयोग पु¥याउन सकिन्छ भन्ने उदाहरण स्वरुप ‘द थर्ड भिजन–चितवन’ अघि सरेको छ । आजको २१ औं शताब्दीमा आईपुग्दा नयाँ नयाँ प्रविधिको प्रयोग गरी सुरक्षा संयन्त्रलाई मजबुत बनाई आर्थिक विकासमा टेवा पु¥याउन सकिन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै चितवन जिल्लाका व्यवसायिक संघसंस्थाहरुको अग्रसरतामा वि.सं. २०६६ सालमा जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भई द थर्ड भिजन चितवनको स्थापना भएको थियो । यस संस्थाले आफ्नो उद्देश्य अनुरुप चितवन जिल्ला प्रवेश गर्ने प्रमुख नाकाहरु सहित जिल्ला भित्रका विभिन्न स्थानहरुमा सिसिटिभि (CCTV) जडान गर्ने कार्य सम्पन्न गरिसकेको छ । हालको अवधि सम्म चितवन जिल्लाको प्रमुख बजार तथा शहरी क्षेत्रहरु नारायणगढ, भरतपुर, रत्ननगर लगायतका विभिन्न २० स्थानमा २९ वटा सम्म शक्तिशाली क्यामराहरुको जडान भई दुई स्थानमा स्टेशन पनि स्थापना भइसकेको छ । आगामी दिनमा जिल्ला भित्रका सुरक्षाको कारणले सम्वेदनशील मानिएका विभिन्न स्थानहरुमा सिसिटिभिको संख्या बढाउँदै लैजाने उद्देश्य राखिएको यस संस्थाका अध्यक्ष गुणचन्द्र विष्ट हुनुहुन्छ भने उपाध्यक्षमा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष डा.तिलचन्द्र भट्टराई, सचिवमा बैकर्स क्लवका अध्यक्ष दक्षप्रसाद श्रेष्ठ र कोषाध्यक्षमा दिनेश चुके हुनुहुन्छ । यसैगरी चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक यस संस्थाका संरक्षकको रुपमा रहनुभएको छ ।

 
 

chamber Guest houe copy