Articles

एक गाउँ एक उत्पादन

नेपाल सरकारले आव २०६३-६४ को बजेट बक्तव्य मार्पmत घोषणा गरेको एक गाउँ एक उत्पादन कार्यक्रम (One Village One Product) कृषि तथा सहकारी मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा सार्वजनिक नीजि साझेदारी अवधारणा अनुरुप सञ्चालन भएको हो । सो कार्यक्रम पहिलो चरणमा २०६३–६८ मा सञ्चालन भई दोश्रो चरणमा २०६८–७३ अवधिको लागि सम्पन्न हुन लागिरहेको छ । एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत चितवन जिल्लाको लागि केरा छनौट भएको र उक्त वस्तुलाई प्रवद्र्धन गर्नका लागि एक गाउँ एक उत्पादन कार्यक्रम निर्देशक समितिको सचिवालयको निर्देशानुसार एक गाउँ एक उत्पादन कार्यक्रम कार्यनिर्देशिकामा उल्लेख भए बमोजिम उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईको अध्यक्षतामा निम्नानुसारको ५ सदस्यीय समिति गठन गरिएको थियो ।

क्रं. सं.पदनामसंलग्न संस्था र पद
संयोजक डा. तिलचन्द्र भट्टराई अध्यक्ष, उद्योग वाणिज्य संघ–चितवन
सदस्य श्री जगन्नाथ तिवारी वरिष्ठ कृषि विकास अधिकृत,
जिल्ला कृषि विकास कार्यालय, चितवन
सदस्य श्री केशवबहादुर थापा कार्यालय प्रमुख, जिल्ला सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, चितवन
सदस्य श्री राजेन्द्र सुवेदी कार्यक्रम अधिकृत,
जिल्ला विकास समिति चितवन
सदस्य–सचिव श्री रसिक प्रधान कार्यकारी निर्देशक,
उद्योग वाणिज्य संघ–चितवन

एक गाउँ एक उत्पादन जिल्ला स्तरिय कार्यान्वयन समिति गठन भए पश्चात सरोकारवालाहरु वीच छलफल र सहकार्य गरि हाल सम्म सम्पन्न भएका कार्यक्रमहरुलाई देहाय बमोजिम प्रस्तुत गरिएको छ ।

क) राष्ट्रिय कृषि मेला–२०६८ मा सहभागीता :- 
नेपाल उद्योग वाणिज्य महासंघले २०६८ फागुन २६ देखी २८ गते सम्म आयोजना गरेको राष्ट्रिय कृषि मेला २०६८ मा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत चितवन जिल्लाको केरा खेती गर्ने किसानहरुले सहभागीता जनाएको थियो ।
फागुन महिनामा चितवन जिल्लालाई OVOP कार्यक्रममा समावेश गराए पश्चात केराको व्यवसायीहरण सहित विविधिकरण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ सो मेलामा सहभागीता जनाईएको थियो । मेलामा जिल्ला कृषि विकास कार्यालय चितवनका तत्कालिन वागवानी विकास अधिकृत फटकवहादुर थापा, संघका कार्यकारी निर्देशक एवम् OVOP कार्यान्वयन समितिका सदस्य–सचिव रसिक प्रधानका साथै चितवन केरा व्यवसायी संघका तत्कालिन अध्यक्ष बाबुराम भट्ट, केरा व्यवसायी अक्कल श्रेष्ठ र भिमसेन पौडेलको सहभागीता रहेको थियो ।

ख) केरा खेतीमा एक गाउँ एक उत्पादन अभिमुखीकरण गोष्ठी :
एक गाउँ एक उत्पादन कार्यान्वयन समिति चितवनको आयोजनामा २०६९ जेठ २६ गते शुक्रवारका दिन एक गाउँ एक उत्पादन अभिमुखीकरण गोष्ठी सम्पन्न भएको थियो ।
उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा सम्पन्न भएको उक्त गोष्ठीमा संघका अध्यक्ष एवम् एक गाउँ एक उत्पादन कार्यान्वयन समिति चितवनका संयोजक डा. तिलचन्दं भट्टराईले स्वागत गर्नुभएको थियो । सो अवसरमा डा. भट्टराईले केरा खेतीको उत्पादनमा गुणस्तरियता ल्याई कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्नमा एक गाउँ एक उत्पादन कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको थियो ।
गोष्ठीमा जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत सन्तोषराज पौडेलले एक गाउँ एक उत्पादनको परिचय र चितवन जिल्लामा केरा खेती ः एक विश्लेषण गरि दुईवटा विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
संघका अध्यक्ष डा. तिलचन्द्र भट्टराईको सभापतित्वमा सम्पन्न भएको सो अभिमुखीकरण गोष्ठीमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरका वागवानी विभागका डा. दुर्गामणी गौतम र तत्कालिन जिल्ला कृषि विकास कार्यालय चितवनका निमित्त कार्यालय प्रमुख हिरालाल भूषालले चितवन जिल्ला भन्नासाथ केरा र केरा भन्नासाथ चितवन जिल्ला भनेर चिनाउनका लागि सरोकारवालाहरुले एकजुट भई प्रयास गर्नुपर्ने बताउनुभएको थियो ।
संघका कार्यक्रम अधिकृत दिपकराज विष्टले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको अन्तमा द्वितीय उपाध्यक्ष ऋषिप्रसाद लामिछानेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

ग) एक गाउँ एक उत्पादन कार्यक्रमको ब्रोस्योर छपाई : 
एक गाउँ एक उत्पादन कार्यक्रम र केरा खेतीको बारेमा सरोकारवालाहरुलाई जानकारी गराई प्रचार प्रसार गर्ने उद्देश्यले २०६९ आषाढ १७ गते एक गाउँ एक उत्पादन कार्यक्रमको बारेमा र केरा खेतीको बारेमा जानकारी दिने उद्देश्यले २००० प्रति ब्रोस्योर बनाई छपाईएको थियो ।

घ) आधारभूत तथ्याङ्क संकलन:
एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत योजना बमोजिम कृषकहरुको प्रारम्भिक स्थिति कस्तो थियो भन्ने विषयमा जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत सन्तोष राज पौडेलले आवश्यक बमोजिमको प्रश्नावली तयार पार्नुभएको थियो । श्री पौडेलले तयार पार्नुभएको प्रश्नावलीलाई किसानहरुको समूह तथा प्रत्येक किसानहरुको माझमा गई प्रश्नावली फाराम भरिएको थियो । केरा व्यवसायी संघका अध्यक्ष यज्ञप्रसाद सुवेदीले उक्त तथ्याङ्क संकलन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

ङ) होर्डिड्डबोर्ड निर्माण:
“केरा खेतीको पहिचान कृषिमा नयाँ अभियान” भन्ने मूल नारा सहित केराको परिकारहरुको नाम, केराको फोटोहरु सहित एक गाउँ एक उत्पादन कार्यक्रम झल्कने गरि केराको प्रवद्र्धन गर्ने उद्देश्यले २०६९ आषाढ २१ गते विहिवारका दिन कार्यक्रम सञ्चालित क्षेत्रमा २ वटा होर्डिड्ड वोर्ड राख्ने कार्य सम्पन्न गरिएको थियो ।

च) केरा खेती व्यवस्थापन तालिम:
एक गाउँ एक उत्पादन कार्यान्वयन समिति चितवनको आयोजनामा २०६९ भाद्र २४ देखि ३ दिने केरा खेती व्यवस्थापन तालिम रत्ननगर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो । २६ जना अगुवा केरा उत्पादक कृषकहरुको सहभागीतामा सम्पन्न भएको सो तालिममा केरा खेतीको परिचय, बजारमुखी केरा उत्पादन, केरा खेतीको लागि उपयुक्त हावापानी,माटो र बृद्धि विकास,केरामा लाग्ने रोग किरा र तिनको व्यवस्थापन, केरा खेतीको लागि जमिनको तयारी, लगाउने समय र तरिका, केरा खेतीको लागि मलखाद तथा सिचाँई व्यवस्थापन, बेमौसमी केरा उत्पादन र टिस्यूकल्चर केराको परिचय र महत्व, केरा खेतीमा एकिकृत शत्रुजिव व्यवस्थापन, केरा बगैंचा सरसफाई, गोडमेल, काँट छाँट तथा बुङ्गो हटाउने, टेका दिने तरिका र केराको जातहरु र प्रसारण विधिका साथै केरा खेती व्यवस्थापन विषयमा जिल्ला कृषि विकास कार्यालय चितवनका वरिष्ठ कृषि विकास अधिकृत जगन्नाथ तिवारी, योजना अधिकृत सन्ताष्ोराज पाडैले, पा्रविधिक सहायक निलकण्ठ पौडेल, कृिष तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरका सुन्दर तिवारी, प्राविधिक सहायक दीपकराज पौडेल, जिल्ला कृषि विकास कार्यालय चितवनका बागबानी बिकास अधिकृत धनबहादुर थापा, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरका प्राध्यापक डा. दुर्गामणी गौतम र जिल्ला कृषि विकास कार्यालय चितवनका बाली संरक्षण अधिकृत शिवप्रसाद रिजालले प्रशिक्षण दिनुभएको थियो । तालिमको अन्तिम दिनमा एक गाउँ एक उत्पादन कार्यान्वयन समिति चितवनका संयोजक एवम् उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

छ) केरा खेती सम्बन्धि तीज गीत प्रतियोगिता:
एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत केरा खेतीको प्रवद्र्धनका लागि उ. वा. संघ–चितवन, जिल्ला कृषि विकास कार्यालय चितवन, चितवन केरा व्यवसायी समितिको आयोजना तथा सिनर्जी एफ.एम.को संयोजनमा २०६९ असोज ५ गते तीज गीत प्रतियोगिता आयोजना गरेको थियो । नेपाल सरकारको उक्त कार्यक्रमलाई जिल्लामा सञ्चालनका लागि उद्योग वाणिज्य संघ–चितवनमा सचिवालय स्थापना भई विभिन्न कायत्र्रmमहरु अगाडी बढीरहेको सन्दर्भमा केराको व्यावसायिक उत्पादन, फाईदा, उपभोग, बजारीकरणसंग सम्वन्धित रहेर गीतको माध्यमबाट प्रचार प्रसार गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको थियो । ८ वटा टिमले प्िरतस्पर्धा गरेको उक्त प्रतियोगितामा विन्धवासीनी समूह पिठूवा प्रथम, नवआलोक समूह गौरीगञ्ज द्वितीय, जागृत महिला समुह जिरौना तृतीय भएको थियो भने शीतलपथ आमा समुह भरतपुर १०, ले सान्त्वना स्थान हाँसील गरेको थियो । रमा घिमिरे र जिल्ला कृषि विकास कार्यालय चितवनका वागवानी विकास अधिकृत धनबहादरु थापा निर्णायक रहनुभएको सो प्रतियोगितामा विजयी टोलीहरुलाई उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष उत्तम लाल चुकेज्यूले पुरस्कार तथा प्रमाण–पत्र वितरण गर्नुभएको थियो ।

ज) चितवन महोत्सव–२०६९ मा केरा परिसर:

चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सव–२०६९ तथा मध्यमाञ्चल औद्योगिक तथा व्यापार मेला–२०६९ को परिसरमा आकर्षक केरा परिसर निर्माण गरि महोत्सव अवलोकनकर्ताहरुलाई चितवनमा उत्पादित केराको बारेमा जानकारी गराई केराको विभिन्न परिकारहरु उपभोग गर्न आव्हान गरिएको थियो । एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत व्यवसायीक केरा खेतीको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको सो परिसरमा केरा खेती गर्र्ने कृषकले आफ्नो बारीमा काम गर्दै गरेको आकर्षक सजिव मूर्ती निर्माण गरिएको थियो । सो परिसर मार्पmत केरा एक भएपनि केराको परिकार अनेक हुने कुरा जानकारी गराउनुका साथै त्याहाँ तयार पारिएको केराको मम र अचार धेरै भन्दा धेरै महोत्सव अवलोकनकर्ताहरुले स्वाद लिई लिई खाएका थिए ।

झ) २ दिने केराको परिकार बनाउने तालिम:

एक गाउँ एक उत्पादन कार्यान्वयन समिति चितवनको आयोजनामा २०६९ चैत्र २ र ३ गतेका दिन केराको परिकार बनाउने तालिमको आयोजना गरिएको थियो ।
४० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको सो तालिमको पहिलो दिन उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष कल्याण जोशी र जिल्ला कृषि विकास कार्यालय चितवनका वरिष्ठ कृषि विकास अधिकृत जगन्नाथ तिवारीले केराको बिरुवामा पानी हालेर संयुक्त रुपमा समुद्घाटन गर्नुभएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष कल्याण जोशीको सभापतित्वमा सम्पन्न सो तालिमको उद्घाटन सत्रमा चितवन केरा व्यवसायी समितिका अध्यक्ष यज्ञप्रसाद सुवेदीज्यूले तालिमको उद्देश्य माथी प्रकास पार्नुभएको थियो भने वरिष्ठ कृषि विकास अधिकृत जगन्नाथ तिवारीले तालिम सफलताको शुभकामना सहित मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटन सत्रमा संघका कार्यसमिति सदस्य भोजराज कौडेल र कार्यकारी निर्देशक एवम् एक गाउँ एक उत्पादन कार्यान्वयन समिति चितवनका सदस्य सचिव रसिक प्रधानको उपस्थिति रहेको थियो । संघका कार्यक्रम अधिकृत दिपकराज विष्टको सञ्चालनमा सम्पन्न सो सत्रमा कार्यसमिति सदस्य नविन कँडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
उद्घाटन सत्र पश्चात तालिमका श्रोत व्यक्तिहरु शंकरप्रसाद सुवेदी, मुस्कान काप्रि, शिशिर सुवदी र किशोर तिवारीले व्यवहारिक रुपमा केराको परिकारहरु बनाउने प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षण सत्रमा प्रशिक्षार्थीहरुलाई केराको मम, अचार, तरकारी, चिप्स र बुङ्गाको अचार बनाउन सिकाईएको थियो ।
२ र ३ गतेका दिन सञ्चालन भएको सो तालिमको ३ गतेका दिन जिल्ला कृषि विकास कार्यालय चितवनको वरिष्ठ कृषि विकास अधिकृत जगन्नाथ न्यौपानेको समुपस्थितिमा प्रमाणपत्र वितरण सहित समापन गरिएको थियो ।

ञ) केराको बजार व्यवस्थापन तालिम:

एक गाउँ एक उत्पादन कार्यान्वयन समिति चितवनले २०६९ चैत्र ८ र ९ गतेका दिन केराको बजार व्यवस्थापन तालिमको आयोजना गरेको थियो । संघको तालिम हलमा उद्घाटन सत्र बाट शुरु भएको सो तालिम प्रशिक्षण सत्र हुँदै अन्तमा प्रमाणपत्र वितरण सहित समाप्त भएको थियो ।
उद्घाटन सत्र एक गाउँ एक उत्पादन कार्यान्वयन समिति चितवनका संयोजक एवम् उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईको सभापतित्वमा र चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा संयोजक डा. भट्टराईले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै विगतमा चितवन जिल्ला भन्ने वित्तिकै तोरी, कुखुरा र डेरीले पहिचान दिएको र त्यहि रुपमा अहिले केराले आफ्नो पहिचान बनाउँदै आईरहेको बताउनुभएको थियो । वहाँले चितवनको केराको गुणस्तरको अन्यत्रको भन्दा उत्तम खालको भएमा त्यसको मूल्य पनि बढि लिन सकिने तर्पm औंल्याउँदै त्यसको लागि केरा उत्पादकहरुले विशेष ध्यान दिनुपर्ने बताउनु भएको थियो । यसैगरि सोहि सत्रमा चितवन केरा व्यवसायी समितिका अध्यक्ष यज्ञप्रसाद सुवेदीले अहिले चितवनमा केराको उत्पादन र गुणस्तर हुँदा हुँदै पनि बजार नपाईरहेको बताउनुभएको थियो । वहाँले भारतबाट आउने केराले यहाँ उत्पादित केराको बजारलाई प्रवद्र्धन गर्न समस्या पारेको बताउँदै अध्यक्ष सुवेदीले जिल्लाको प्रमुख नाकाहरुमा प्रशासनले भारतबाट सहज रुपमा आउने केरालाई रोक लाउने व्यवस्था मिलाईदिन अनुरोध गर्नुभएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले चितवनमा उत्पादित केराले जबसम्म काठमाण्डौ र पोखराको बजारको मागलाई पूर्ती गर्न सक्दैन त्यत्तिञ्जेल सम्म प्रशासनले रोक लगाउनुको कुनै औचित्य नहुने बताउँदै त्यसको लागि पहिले केराको उत्पादनमा पूर्ण रुपमा आत्मनिर्भर हुनु जरुरी भएको बताउनुभएको थियो । चितवनका केरा व्यवसायीहरुलाई प्रशासनबाट गर्न सकिने सहयोगका लागि आपूm सदैव तत्पर रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी दवाडीले सम्पूर्ण केरा उत्पादक कृषकहरुलाई लागत घटाएर आफ्नो उत्पादन र त्यसको गुणस्तरमा बृद्धि गर्न आग्रह गर्नुभएको थियो ।
उद्घाटन सत्र पश्चात शुरु भएको प्रशिक्षण सत्र ९ गते सम्म सञ्चालन भएको थियो । बालकुमारी कलेजका प्राध्यापक श्री पदमराज सापकोटाले प्रशिक्षण दिनुभएको सो तालिममा ३८ जना केरा उत्पादक कृषकहरुको सहभागीता रहेको थियो ।
प्रशिक्षण सत्र पश्चात एक कार्यक्रमको आयोजना गरि प्रमाणपत्र वितरण सहित सो तालिमको समापन गरिएको थियो । समापन समारोह उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष कल्याण जोशीको सभापतित्वमा सम्पन्न भएको थियो । संघका कार्यकारी निर्देशक रसिक प्रधानको सञ्चालनमा सम्पन्न भएको सो समारोहमा जिल्ला कृषि विकास कार्यालय चितवनका वरिष्ठ कृषि विकास अधिकृत जगन्नाथ तिवारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 
 

chamber Guest houe copy